बाँफिकोट -रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं ४ बालुवाचौर देखि खोलिबडगाउँ जाने सडक अवरुद्ध भएको छ । त्यस सडकमा अहिलेसम्म कसैको ध्यान गएको छैन । साबिकको बाँफिकोट गाविसले निर्माण गरेको उक्त सडक मर्मतमा कसैको ध्यान गएको छैन ।बाइकहरू त्यस सडक भएर धौधौको हिँड्ने गर्छन् भने मान्छेहरुलाई पैदल हिँड्न पनि असहज भएको स्थानीयले बताए ।
बाँफिकोट गाविसको केही रकम र जाइका कम्पनीको केही रकम गरेर उक्त सडक निर्माण गरिएको थियो ।स्थानीय तह बनेको नौ वर्ष बित्दा पनि स्थानीय सरकारले अहिलेसम्म त्यस सडक मर्मत कसैको ध्यान गएको छैन ।
केही बर्ष गाउँकै जनप्रतिनिधि भए जनप्रतिनिधिको पनि यस सडकमा ध्यान गएको छैन । सडक मर्मत गरिदिनुहुन वडा कार्यालय र गाउँपालिकालाई पटकपटक अनुरोध गर्दा पनि वडापालिका र गाउँपालिकाले अहिलेसम्म पनि ध्यान दिएका छैनन ।
२७ जेठ २०८३, बिहिबार ०६:२७ मा प्रकाशित