मुसिकोट -बाँफिकोट गाउँपालिका कार्यलय परिसर सरसफाइ तथा फुल रोप्ने काम सम्पन्न भएको छ । साउन १५ पारेर सरसफाइ गरिएको वरिष्ठ लेखा अधिकृत तेज बहादुर डाङ्गिले बताए ।
गाउँपालिका वरपर फुल रोप्नुका साथै सरसफाइ गरिएको थियोे । गाउँपालिका आसपासका होटलहरु र ब्यापारीहरुलाई सचेत बनाएको छ ।
सरसफाइ तथा फुल रोप्ने कार्यक्रममा गाउँपालिका अध्यक्ष जनक कुमार बाँठा , निमित्त प्रमुख प्रशासकीय अधिकृत लेखक खड्का , वरिष्ठ लेखा अधिकृत डाङ्गी लगायत गाउँपालिकाका सबै कर्मचारीको सहभागिता रहेको थियोे ।
१४ साउन २०८३, शुक्रबार ०१:२९ मा प्रकाशित