प्रचण्ड रुकुम पश्चिममै पुगेर दिनुभयो गोपाल शर्मालाई टिकट

coverkhabar.com

मुसिकोट - नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुम पश्चिममै पुगेर गोपाल शर्मालाई टिकट दिनुभएको छ । रुकुम पश्चिमबाट शर्माको नाम यसअघि निश्चित भइसके पनि प्रचण्डले आज जिल्लामै पुगेर आधिकारिक रूपमा टिकट प्रदान गर्नुभएको हो ।

उहाँ उम्मेदवारी मनोनयन दर्ता गर्न रुकुम पूर्व जाने क्रममा रुकुम पश्चिम पुग्नुभएको हो । जस क्रममा सहिद प्रतिष्ठानको सभा हल शेरिगाउँमा प्रचण्डले शर्मालाई टिकट प्रदान गर्नुभयो भने संक्षिप्त सम्बोधन गर्नुभएको थियो ।

उहाँले गोपाल शर्मालाई जितको शुभकामना दिनुभएको थियो ।जनार्दन शर्मा विचलित भएपछि चुनौती थपिए पनि मेहनतका साथ लागेमा जित सुनिश्चित रहेको उहाँले बताउनुभयो

प्रतिक्रिया