मुसिकोट - जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पत्रकार सम्मेलन गरेको छ। आइतबार गरेको पत्रकार सम्मेलनमा घरेलु हिंसा सम्बन्धी उजुरी , ठाडो उजुरी , हराएका तथा फेला परेका मानिसको तथ्याङ्क , लागू औसत बरामदको तथ्याङ्क, फैसला कार्यान्वयनको तथ्याङ्क, चालु मुद्दाका प्रतिवादी पक्राउ सङ्ख्या , शीर्षक अनुसार अपराध दर्ता सम्बन्धी तथ्याङ्कहरू , त्रिवर्षीय अपराध दर्ता सम्बन्धी तथ्याङ्कको बारेमा जिल्ला प्रहरी कार्यालय जानकारी गराएको थियो ।
आर्थिक वर्ष २०८२/ ८३ मा दर्ता २ सय , किराना लागेका १ सय १७ फर्चुट हुन बाँकी ८३ वटा बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए । शीर्षक अनुसार अपराधदर्ता सम्बन्धी तथ्याङ्कहरूमा सामान्य तथा गम्भीर अपराधमा ४१ वटा महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी २३ वटा र अन्य १ सय ४९ वटा रहेका छन ।
चालु वर्ष २०८२ / ८३ मा चालू मुद्दामा प्रतिवादी१ सय १ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ । २०८२ / ८३ मा ७८ जना पक्राउ परेका छन् भने वर्ष ८ महिना ४ दिन कैदको सजाय सुनाइएको छ भने एक लाख ६० हजार ४ सय ५० रुपैया १६ पैसा राजस्व संकलन समेत भएको छ जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक तथा सूचना अधिकारी झकेन्द्र परियारको भनाइ छ ।
चालु आर्थिक वर्ष २०८२ / ८३ मा आठ वटा मुद्दा दर्ता १७ जना मानिसहरू पक्राउ १३ दशमल ०६0 ग्राम ब्राउन सुगर २९.८४ ग्राम चरेश गाजा १० केजि १ सय ६० ग्राम केजी अफिम २१० वटा ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले आफूले एक वर्षमा गरेको कामको प्रगतिको विवरण समेत पेश गरेको थियो । प्रहरी कार्यालयमा घरेलु हिंसाको मुद्दासमेत पर्ने गरेको छ । उजुरी सङ्ख्या ५९ वटा जिल्ला प्रहरी कार्यालय मिलापत्र गरिदिएको २६ वटा र अन्य निकायमा पठाइएको १३ वटा रहेका छन । प्रहरी कार्यालयमा ठाडो उजुरी समेत पर्ने गरेका छन । कहिलेसम्म १ सय ७८ वटा उजुरी परेका हुन भने सबै मुद्दाहरू किरण लागिसकेका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको भनाई छ ।