नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिमका प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार गोपाल शर्मा ले भेटघाट तथा घर दैलो कार्यक्रम लाई निरन्तरता दिनुभएको छ । चुनाबलाई लक्षित गर्दै घरदैलो कार्यक्रम गरिएको उम्मेदवार गोपाल शर्माले बताउनुभयो ।
उहाँहरुले मतदाताहरू सँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समेत गर्नुभएको छ । जनभेटघाट मुसिकोट नगरपालिका वडा न १ अन्तरगतका विभिन्न टोलहरु छिङ,कैलदेउ,मठ र रावलबारामा जनभेटघाट गर्नु भएको छ । कार्यकर्ताको उत्साहपुर्ण सहभागीता रहेको थियोे । कार्यक्रममा कार्यकर्ता र स्थानीय बासिको सहभागीता रहेको नेपाली कम्निष्ट पार्टी रुकुम पश्चिमले जनाएको छ ।
भेटघाटमा जनताले विभिन्न बिकास निर्माणको अपेक्षा गरेका छन भने उम्मेदवार पनि पहल र योजना पार्ने प्रतिबद्धता गरेका छन । जनभेटघाटमा नेकपाका नेता बसन्त शर्मा , सचिन रोका , बिमल पुन लगायतको सहभागीता रहेको थियोे ।