मुसिकोट -नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिमका प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार गोपाल शर्मा र समानुपातिक उम्मेदवार झक्कु प्रसाद घर्तीले भेटघाट तथा घर दैलो कार्यक्रम सुरु गर्नु भएको छ । चुनाबलाई लक्षित गर्दै घरदैलो कार्यक्रम सुरु गरिएको उम्मेदवार गोपाल शर्माले बताउनुभयो ।
उहाँहरुले मतदाताहरू सँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समेत गर्नुभएको छ । बिहिवार मुसिकोटवाट शुरु गरिएको नेपाली कम्निष्ट पार्टी रुकुम पश्चिमले जनाएको छ ।
भेटघाट तथा घरदैलो कार्यक्रम मुसिकोट वडा नम्बर आठ र ७ का घोरखानी, लसुनवारी, क्वाम्मा र साँखमा कार्यक्रम सम्पन्न भएका छन ।
भेटघाटमा जनताले विभिन्न बिकास निर्माणको अपेक्षा गरेका छन भने उम्मेदवार पनि पहल र योजना पार्ने प्रतिबद्धता गरेका छन ।
८ माघ २०८२, बिहिबार ०८:०४ मा प्रकाशित