बाँफिकोट - रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ९ मा रहेको श्री जनकल्याण माध्यमिक विद्यालयको नयाँ विद्यालय ब्यबस्थापन समिती गठन गरिएको छ । उक्त बिधालय को ब्यबस्थापन समितिको अध्यक्ष मा नर बहादुर कामी चयन हुनुभएको छ । उहाँ निरबिरोध चयन भएको बिद्यालयले जनाएको छ ।
जसको सदस्यहरुमा दल बहादुर वि क , गनेश दाहाल, निर्मला देवकोटा, लक्ष्मि गिरि , खलि ओलि शिक्षक प्रतिनिधिमा बल बहादुर खत्रि र वडा प्रतिनिधिमा वडा अध्यक्ष जोग ब चन्द र सदस्य सचिबमा बिद्यालयका प्रधानाध्यापक झरणा खड्का ओलि रहनु भएको छ ।
बिद्यालय ब्यबस्थापन समितिको कार्यलय सकिए पछि नर बहादुर कामी दोस्रो कार्यकालको लागि अध्यक्षमा अबिभाबकले निरबिरोध चयन गरिएको बताएको छ ।
४ माघ २०८२, आईतबार १०:४८ मा प्रकाशित