रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा ४ छिनखेतमा डिग्रेसाईकुमारी डेन्टल क्लिकको शाखा सोमबार देखि सुचारु भएको छ । सबै ब्यबस्थापनका साथ डेन्टल सुरु गरिएको बताएको छ ।
सोमबार गाउँपालिका अध्यक्ष जनक कुमार बाँठाले रिबन काटेर र उपाध्यक्ष तारा बुढा केसिले मैन बत्ती बालेर उत्घाटन गर्नुभएको हो । डेण्टल उत्घाटनमा बोल्दै गाउँपालिका अध्यक्ष बाँठाले व्यावसायिक सफलताको शुभकामना दिनु भएको थियोे ।
बर्दो छिनखेत बजारीकरणलाई ब्यबस्थापन गर्न स्थानिय तहको जिम्मेवार रहेको र आफुहरु बजार ब्यबस्थापनमा लागेको बताउनु भएको छ । २०७० साल देखि मुसिकोट नगरपालिका वडा ५ सेरिगाउँबाट सेवा सुचारु गरेको थियोे । कार्यक्रमको सहजीकरण डिग्रेसाईकुमारी डेन्टल क्लिकका अध्यक्ष अमरबहादुर ओलिले गर्नुभएको थियोे ।
१३ बैशाख २०८३, सोमबार ०३:२९ मा प्रकाशित