बाँफिकोट -स्यार्पु बहुमुखी क्याम्पस बाँफिकोटको पाचौं क्याम्पस सभाबाट चन्द्रबहादुर केसिको अध्यक्षतामा एघार सदस्य संचालक समिति गठन गरिएको छ । क्याम्पसको सभाहलमा भएको क्याम्पस सभाबाट निरबिरोध अध्यक्षमा केसि चयन हुनुभएको हो ।
जसको उपाध्यक्षमा देबबहादुर कुसारी जग्गा दाताबाट डिल बहादुर मल्ल , चन्द्रजङ्ग मल्ल , कर्ण बहादुर खनाल हिराचन्द्र मल्ल , सबिता चन्द , कमला मल्ल , डिलसरा बिक , धुर्बराज केसि र सदस्य सचिब तिलकराम पुन चयन भएको स्यार्पु बहुमुखी क्याम्पस बाँफिकोटले जनाएको छ ।
नबनिर्बाचित अध्यक्ष केसिले बोल्दै क्याम्पस सुधारका उन्मुख गराउने बताउनुभयो । आफ्नो पालामा क्याम्पसलाई उचाईमा पुर्याउने केसिको भनाई थियोे ।
२७ चैत २०८२, शनिवार ०८:२१ मा प्रकाशित