चन्द्रबहादुरले गरे ईप्रका बाँफिकोटलाई सोलार सहयोग

coverkhabar.com

रुकुम पश्चिम  बाँफिकोट गाउँपालिका वडा नम्बर ३ डार्ने निवासी पुर्ब वडा अध्यक्ष , समाजसेवी चन्द्रबहादुर केसिले ईप्रका बाँफिकोटलाई सोलार सहयोग गरेका छन । नियमित विद्युत नआउँदा ईप्रका बाँफिकोटलाई  असहज भएको थियोे ।


ईप्रका बाँफिकोटलाई विद्युत नहुँदा समस्या परेको थाहा पाए पछि समाजसेबि केसिले २० हजार बराबरको सोलार सहयोग गरेको बताएको छ । ईप्रका बाँफिकोटका ईन्चार्ज गणेश बिकले उक्त सोलार बुझेका हुन । 


समाजसेवी केसिले सोलार मात्र सहयोग गरेका छैनन उनले बिरामीहरुलाई नगत देखि एम्बुलेन्स ब्यबस्थापन , घरघरमा पुगेर नगत देखि गाँस बास कपासको ब्यबस्थापन गरेका थिए ।

प्रतिक्रिया