नेपाल पत्रकार महासङ्ग रुकुम पश्चिमको नबौ साधारणसभा सभा मुसिकोटमा सम्पन्न

coverkhabar.com

मुसिकोट -नेपाल पत्रकार महासङ्ग रुकुम पश्चिमको नबौ साधारणसभा जिल्ला समन्वय समितिको हलमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्ग बाट निर्बाचन भएको १८ महिना पछि साधारणसभा गरेको छ ।

महासङ्गका रुकुम पश्चिमका अध्यक्ष गोपालप्रसाद रेग्मीले आर्थिक प्रतिबेदन र शाखाको गतिविधि प्रस्तुत गरेका थिए । सांगठनिक प्रतिबेदन महासङ्गका कोषाध्यक्ष सन्देश जैसिले प्रस्तुत गरेका थियोे ।

साधारणसभाका प्रमुख अतिथी जिल्ला समन्वय  उपप्रमुख देब बहादुर बिकले नेपाल पत्रकार महासंघ नेपालका पत्रकारहरूको छाता संगठन हो । जिल्लामा कार्यरत पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने  प्रेस स्वतन्त्रता र सूचनाको हकको रक्षा गर्ने  पत्रकारमाथि हुने आक्रमण, धम्की विरुद्ध आवाज उठाउने स्थानीय सरकार र सञ्चारमाध्यमबीच समन्वय गर्ने पत्रकार आचारसंहिता कार्यान्वयन गराउने काम भएको बताए ।

प्रमुख जिल्ला अधिकारी निशराज गौतमले महासंघले तालिम, गोष्ठी, पत्रकार सुरक्षा सम्बन्धी कार्यक्रम चलाउँने गरेको बताए । आफुले जिल्ला प्रशासन बाट  पाउने सेवा सुबिधा बाट पत्रकारलाई बन्चित नगराउने बताए । जिल्ला प्रशासन कार्यलय र पत्रकार बिच नङ र मासुको जस्तै सबन्ध गराउने उनले जिगिर गरे ।

साधारणसभामा नेपाल पत्रकार महासङ्ग कर्णाली प्रदेश उपाध्यक्ष लक्षमण केसि लगायतको सहभागीता रहेको थियोे । शाखाका अध्यक्ष गोपाल प्रसाद रेग्मिको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख देबबहादुर बिक , प्रमुख जिल्ला अधिकारी निशानराज गौतम लगायतको सहभागीता रहेको थियोे कार्यक्रमको संचालन शाखाका सहसचिव प्रचण्ड खत्रीले गरेका थिए । 

प्रतिक्रिया