सानिभेरी एक स्थित मकै बारिमा पुरुषको सब फेला

coverkhabar.com

मुसिकोट - रुकुम पश्चिममा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । आईतबार दिउँसो जिल्लाको सानीभेरी गाउँपालिका १ स्थित मकै बारीमा पुरुषको शव फेला परेको प्रहरिले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद बहादुर पौडेलका अनुसार सोहि वडा निवासी ५५ वर्षीय खड्कबहादुर पुनको शव फेला परेको बताएको छ । उनका अनुसार घरभन्दा करिब १५ मिटर परको मकै बारीमा पुनको शव फेला परेको हो । डिएसपी पौडलले अत्याधिक मदिरा सेवनको कारण पुनको मृत्यु भएको जानकारी दिए । 

उक्त घटनाको सूचना लगत्तै प्रहरी चौकी पुर्तिमकाँडाबाट प्रहरी हवल्दार भूपाल सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियोे । 

प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ । 

प्रतिक्रिया