रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाले स्यार्पुताल संरक्षण सबन्धी सरोकारवाला सङ्ग अन्तरक्रिया गरेको छ । आईतवार गाउँपालिकाले वडा नम्बर पाँचको स्यार्पुचवरमा अन्तरक्रिया गरेको हो । सरोकारवाला सङ्ग सुझाव संकलन गरि गाउँपालिकाले विधि र बिधान तय गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिकाश बिग्रम शाहले बताए ।
अन्तरक्रिया कार्यक्रममा युबाले स्यार्पुताललाई कसरी संरक्षण गर्ने , बालुवा र गिट्टीलाई बिचौलिया बाट अन्त्य गरि टेण्डर मार्फत कसरी बिग्री गरिन्छ , स्यार्पुताललाई कुन आधारमा सफा राख्न सकिन्छ ? भन्ने बिषय प्रश्न राखेका थिए ।
प्रश्नको जबाफ दिदै गाउँपालिका अध्यक्ष जनक कुमार बाँठाले युबाहरु प्रश्न राम्रो भएको भन्दै गाउँसभा मार्फत तालहरुको विधि र बिधान तयारी गरि कार्यनयन तिर लैजाने उनको भनाई थियोे ।
युबाहरुले मुसिकोट नगरपालिकाको वडा नम्बर ३ माछमिमा स्यार्पुताल आउने बाटोमा चिन्ह प्रयोग गर्ने
, स्यार्पुतालको गिट्टी र बालुवा निम्ति असोजको पहिलो सातामै ठेन्डरको आह्वान गर्ने र त्यसको स्वामित्व गाउँपालिकाले लिने , पिकनिक आउने पर्यटकलाई स्यार्पुतालको गेठमै टिकटको ब्यबस्थापन गर्ने र यसको स्वामित्व गाउँपालिकाले लिने , स्यार्पुतालको वरिपरि रहेका युबाले क्लब गठन गर्ने र क्लबले स्यार्पुतालको वरिपरि रहेको फोहोरको ब्यबस्थापन गर्ने सुझाब दिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष जनक कुमार बाँठा , उपाध्यक्ष तारा बुढा केसि , प्रमुख प्रशासकीय अधिकृत बिकाश बिग्रम शाह , बरिस्ठ लेखा अधिकृत तेजबहादुर डाङ्गी पाँच नम्बर वडा अध्यक्ष मनु शाही ४ नम्बर वडा सदस्य विवेक शाही , पर्यटनकर्मी गोपाल केसि , विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको अन्तरक्रिया कार्यक्रममा सहभागीता रहेको थियोे ।