मुसिकोट - निर्माण ब्यबसायी आठबिसकोट नगरपालिका कमिटी गठन गरिएको छ । आज भएको भेलाबाट जय बहादुर बिकको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ ।
निर्माण क्षेत्रमा थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बन्दै जाने विश्वास व्यक्त गरेको अध्यक्ष बिकको भनाई छ । जसको उपाध्यक्षमा मिलन वि.क , सचिवमा सन्दीप शाही कोषाध्यक्षमा मान बहादुर चन्द चयन भएको नबनिर्बाचित अध्यक्ष बिकको भनाई छ ।
अन्य सदस्यमा नारायण शाही ,जीवन बुढा , प्रेम थापा हेमन्त बिस्ट र विरेन्द्र वि.क चयन भएका हुन ।
१२ बैशाख २०८३, आईतबार ०३:०६ मा प्रकाशित