बाँफिकोट -रुकुम पश्चिमको बाफिकोट गाउपालिका वडा नम्बर ७ मा रहेको हिमालय नमूना आधारभुत बिद्यालय गोरेकाडा रुकुमका प्रधानाध्यापक झलक_खत्री मंसिर ११ गते बाँफिकोट ०७ बास्तालामा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियोे ।
झलक खत्रीको परिवारमा भएको आर्थिक सङ्कटको परिस्थितिलाई सामाधान गर्न देश तथा बिदेशबाट १० लाख सहयोग सङ्कलन गरि रकम उपलब्ध खत्रीका परिबारलाई हस्तान्तरण गरिएको छ ।
खत्रीका परिबारले रकम सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन । सरल स्वाभाबका खत्री सामाजिकक काममा अब्बल रहेको स्थानियको भनाई छ ।
सबै सहयोगी दाताहरूले जुन उदेश्यले राहत स्वरुप सहयोग संकलन गरेको थियो सोही उदेश्यअनुसार मृतक झलक खत्रीको घरपरिवारलाई समाजसेवीले गरेको काम प्रती धन्यवाद दिएका छन ।
रकम हस्तान्तरण कार्यक्रममा नेपाली कम्निष्ट पार्टीका नेता तथा समाजसेवी गोर्ख कुसारि सात नम्बर वडा अध्यक्ष नरबहादुर खत्री ढारबाङका प्र.अ हिरालाल खनाल लगायतको सहभागीता रहेको थियोे । आर्थिक रकम देश बिदेश बाट सहयोग गरेको बताएको छ ।